कारोबार


दराजले ल्यायो ‘ह्वाट द फ्ल्यास’ सेल, २७ गतेसम्म चल्ने

दराजले ल्यायो ‘ह्वाट द फ्ल्यास’ सेल, २७ गतेसम्म चल्ने

नेपालखबर
असार २३, २०८२ सोमबार १३:३६, काठमाडौँ

अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ७.७, “ह्वाट द फ्ल्याश” सेलको घोषणा गरेको छ।

७० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र ६० लाख बराबरका भौचरहरूसहित यो अभियान असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्म चल्ने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार यस वर्षको ७.७ सेलमा स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन देख्न पाइनेछ। जारा, एचएन्डएम, एचआरएक्स र यूएस पोलोलगायतका सात प्रतिष्ठित ब्रान्डले दराजमा आफ्नो कलेक्सन प्रस्तुत गर्नुका साथै प्रत्येकले ७—७ वटा विशेष उत्पादनहरू केवल ७७७ रुपैयाँमा उपलब्ध गराउनेछन्। 

मामाअर्थ, भ्यान्स, कन्भर्स, नाइकी लगायतका सयभन्दा बढी अग्रणी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्ल्याट ५० प्रतिशत छुट उपलब्ध गराउनेछन्। यसबाहेक उपभोक्ताहरुका लागि रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ, फास्टेस्ट फिंगर फ्ल्यास सेलमार्फत छानिएका उत्पादनहरु ७, ७७, ७७७, ७ हजार ७७७ रुपैयाँमा पाइने अफरहरू पनि उपलब्ध हुनेछन्। 

सेलले स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोरलगायत थप विभिन्न श्रेणीमा अत्याधुनिक अफरहरूका साथ उपभोक्ताहरूलाई रोमाञ्चित बनाउने कम्पनीले आशा लिएको छ।

दराजले ग्राहकहरूका लागि बेस्ट प्राइस ग्यारेन्टिड (बीजीपी) सुविधा पनि प्रदान गर्दै आइरहेको छ। यस सुविधा अन्तर्गत यदि कुनै ग्राहकले त्यही उत्पादन नेपालमा रहेको अरु कुनै अनलाइन प्लेटफर्ममा यसमा निर्धारित भन्खा सस्तो मूल्यमा पाउँछन् भने दराजले तिनलई मूल्य अन्तरको दोब्बर रकम फिर्ता पुरस्कार स्वरुप प्रदान गर्नेछ। तर, यसका लागि सर्तहरू भने लागू हुनेछन्।

यस सेलअन्तर्गत ४९९ रुपैयाँ वा सोभन्दा बढी खर्च गरेपछि छानिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सकिनेछ। ग्राहकहरूले यस सुविधाको उपयोगार्थ, दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad