कारोबार


पोखराको लेक साइड रिट्रिटसँग डिशहोम भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा दिने साझेदारी

पोखराको लेक साइड रिट्रिटसँग डिशहोम भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा दिने साझेदारी

नेपालखबर
साउन २६, २०८२ सोमबार १४:५, काठमाडौँ

डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आईएमई हस्पिटालिटी  द्वारा व्यवस्थापित) सँग नयाँ साझेदारी घोषणा गरेको छ। 

यसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउनेछन्। ग्राहकहरूले आवासमा १५ प्रतिशत छुट र फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट पाउने डिशहोमले जनाएको छ। 

यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिट, पोखरामा देखाउनुपर्नेछ।

पोखराको लेकसाइडमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र आईएमई हस्पिटालिटीको ख्यातिप्राप्त अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ। आरामदायी विदा वा विशेष खाने अनुभवका लागि अब डिशहोम ग्राहकहरूले हरेक पटक यहाँ भ्रमण गर्दा थप मूल्य र बचतको आनन्द लिन सक्नेछन्।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुपर्छ। त्यसपछि दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्नुपर्नेछ। त्योसँगै होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गर्नुपर्ने कम्पनीले जनाएको छ। 

यसपछि लेक साइड रिट्रिट, पोखरा भ्रमण गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड देखाएर छुट पाउन सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad