मोबिलिटी तथा अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले यात्रुहरूका लागि रोमाञ्चक अफर ‘राइड मोर, विन मोर’ योजना ल्याएको छ।
विशेष अफरअन्तर्गत, प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी राइड बुक गरे आकर्षक पुरस्कार जित्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन्।
साउन २७ गतेदेखि भदौ १४ गते (अगस्ट १२ देखि अगस्ट ३०, २०२५) सम्म सञ्चालन हुने यो विशेष योजनाले यात्रुहरूका लागि उत्साहजनक पुरस्कार जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ। यसअनुसार ३ वटा राइडमा १ टिकट पाइनेछ। जति धेरै राइड गर्यो उति पुरस्कार जित्न पाइने कम्पनीले उल्लेख गरेको छ।
पुरस्कारहरूमा १० वटा याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर, ३० वटा अल्टिमा वाच सर्कल स्मार्टवाच समेत रहेका छन्।
इनड्राइभ नेपालका कन्ट्री रेप्रिजेन्टेटिभ रीता पोखरेलले इनड्राइभमा सधैँ प्रयोगकर्तालाई आफ्नो चालक आफैं छनोट गर्ने र प्रत्येक सवारीका लागि उचित मूल्य निर्धारण गर्ने स्वतन्त्रता प्रदान गरेको बताइन्।
‘राइड मोर, विन मोर’ हाम्रो प्रिय प्रयोगकर्ताहरूले हामीमाथि देखाएको विश्वासको लागि धन्यवाद दिने एक विशेष पहल हो’, उनले भनिन्, ‘यो योजना मार्फत नयाँ प्रयोगकर्तालाई पनि हाम्रो सेवाबाट प्राप्त हुने स्वतन्त्रताको अनुभव गर्न आमन्त्रण गर्दछौँ। जति धेरै राइड, त्यति नै जित्ने मौका र अवसर हुनेछ।’
यो रोमाञ्चक योजना सबै प्रयोगकर्ताहरूका लागि खुला गरिएको इनड्राइभले जनाएको छ। सहभागी हुनको लागि, प्रतियोगिता अवधिभर इनड्राइभ एपमार्फत आफ्नो राइड बुक गर्नुपर्नेछ।
योजना सम्पन्न भएपछि लक्की ड्रमार्फत योजनामा सहभागी भएकाहरुमध्येका विजेताहरूको नाम भदौ २० गते (सेप्टेम्बर ५, २०२५) इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरूमार्फत सार्वजनिक गरिनेछ।
Shares

प्रतिक्रिया