कारोबार


सामसङले नेपालमा क्यूलेड टिभीमा भिजन एआई ल्याउने

सामसङले नेपालमा क्यूलेड टिभीमा भिजन एआई ल्याउने

नेपालखबर
भदौ २, २०८२ सोमबार १४:१७, काठमाडौँ

सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्यूलेड टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ।

यसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउने कम्पनीले जनाएको छ।

सामसङ भिजन एआईले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिने कम्पनीको दाबी छ।

सामसङ भिजन एआईको अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआई बाट अझ शक्तिशाली बनाउँदै प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिने कम्पनीले उल्लेख गरेको छ। यो प्रविधिमा विशेषत: एआई मोड, एआई अनुभव र मल्टिडिभाइस कनेक्टिभिटीजस्ता विशेषता छन्।

सामसङ नेपालका सीई बिजनेस हेड मिलन कुमार झाले भने, “सामसङ भिजन एआईले व्यक्तिगत र एआई-समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ, जहाँ हेर्ने व्यक्तिको प्राथमिकता हेर्ने सामग्रीभन्दा पनि महत्वपूर्ण हुन्छ। यसलाई हामी ‘इट्स योर शो’ भन्छौं — यस्तो अनुभव जहाँ नियन्त्रण पूर्ण रूपमा प्रयोगकर्ताकै हातमा हुन्छ। हाम्रो नयाँ एआई टिभीहरूले प्रत्येक दृश्यमा नयाँ जीवन भरेका छन्, जसले घरमै सिनेमाजस्तो अनुभवको नयाँ मापदण्ड कायम गर्छ।”

यस एआई–सञ्चालित स्क्रिनहरूको नयाँ युगसँगै, कम्पनीले नयाँ पुस्ताका टिभीहरू छिटो अपनाइनेमा र प्रिमियम टिभी सेग्मेन्टमा अझ मजबुत हुने दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad