मुक्तिनाथ फाउन्डेसनले आफ्नो चौथो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
चौथो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ८० पोका रगत संकलन गरेको फाउन्डेसनले जनाएको छ।
सो कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटीबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने उक्त कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि., रोयल सहकारी लि. विन्द्यवासिनी म्युजिक प्रा.लिको समेतको सहभागिता र समन्वयमा सम्पन्न भएको हो।
यसअघि पनि फाउन्डेसनले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ।
संस्थाले बागमती सरसफाइ कार्यक्रममा सहभागिता, विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपािलका लगायत देशका विभिन्न स्थानमा बृहत् वृक्षरोण कार्यक्रम, वृद्धवृद्धाहरुलाई सम्मान तथा उनीहरुलाई आवश्यक खाद्य सामग्रीहरुको वितरणलगायतका सामाजिक कार्यहरु गरिसकेको छ।
२०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्यभित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्दै आएको छ।
यसको उद्देश्य सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने रहेको छ।
Shares

प्रतिक्रिया