सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ७ शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गरेको छ।
नवप्रवर्तन र उद्यमशीलताको उत्सवका रुपमा नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गरेको कम्पनीले जनाएको छ।
शार्कहरूले सामसङको अर्को पुस्ताको फोल्डेबलहरूलाई परिभाषित गर्ने क्रान्तिकारी डिजाइन, कार्यसम्पादन र एआई-संचालित सुविधाहरूमा चासो राखेका थिए।
सो अवसरमा एमएक्स सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले कम्पनी सधैं मानिसहरूलाई सीमाभन्दा पर सोच्न र नयाँ सम्भावनाहरू खोज्न सशक्त बनाउने विश्वासमा रहँदै आएको दाबी गरे।
‘जुन शार्क ट्याङ्क नेपालको आत्मासँग गहिरो रूपमा मेल खान्छ। नयाँ ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी प्रतिभाको प्रतीक हुन् — उनीहरूका लागि बनेका छन् जो विचार र सिर्जनशीलताद्वारा नेतृत्व गर्छन्’, उनले भने।
ग्यालेक्सी जेड फोल्ड ७ ले फराकिलो डिस्प्ले र मल्टिटास्किङ क्षमतामार्फत उत्पादकतालाई नयाँ स्तरमा पुर्याउनुका साथै फोल्डेबल प्रविधिलाई झन् आकर्षक बनाएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया