कारोबार


अपराध अनुसन्धानमा सहयोगका कारण नेपाल प्रहरीद्वारा इसेवा सम्मानित

अपराध अनुसन्धानमा सहयोगका कारण नेपाल प्रहरीद्वारा इसेवा सम्मानित

नेपालखबर
पुस १०, २०८२ बिहिबार १२:३९, काठमाडौँ

नेपाल प्रहरीले नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी  इसेवालाई सम्मान गरेको छ।

शान्त र सुरक्षित समाज निर्माणमा प्रहरी कार्य, अपराध अनुसन्धानका साथै साइबर सुरक्षामा योगदान दिएका कारण इसेवालाई कदर-पत्रद्वारा सम्मान गरिएको हो।    

७० औँ प्रहरी दिवस २०८२ को अवसरमा  बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा इसेवालाई उक्त कदर पत्र प्रदान गरिएको थियो। 

कदर पत्र ग्रहण गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले प्रयोगकर्ताको  व्यक्तिगत तथा वित्तीय सूचनाको सुरक्षा, साइबर सुरक्षा तथा नियामकीय अनुपालनमा इसेवा निरन्तर प्रतिबद्ध रहेको बताउँदै नेपाल प्रहरीको सम्मानले यसलाई थप पुष्टि गरेको बताए। 

साथै, उनले त्यसविरुद्धका कार्यमा इसेवाको शून्य सहनशीलता रहने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी दिनमा इसेवाका सेवाहरूलाई थप ग्राहकमैत्री, सुरक्षित र भरपर्दो बनाउँदै डिजिटल अर्थतन्त्रको निर्माणमा इसेवाले निरन्तर योगदान दिइरहने बताए। 

साइबर सुरक्षा तथा नियामकीय अनुपालनमा इसेवाको प्रतिबद्धता
इसेवा नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा विद्युतीय भुक्तानीसम्बन्धी प्रचलित कानुन, नियम तथा मापदण्डहरूको पूर्ण पालना गर्दै सञ्चालन हुँदै आएको छ। 

नियामकीय अनुपालनलाई इसेवाले आफ्ना  सेवाहरूलाई विश्वसनीय र सुरक्षित बनाउने आधारका रूपमा लिँदै आएको छ।  

साइबर सुरक्षाका दृष्टिले इसेवाले प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय सूचनाको सुरक्षालाई उच्च प्राथमिकता दिएको छ। यसका लागि आधुनिक प्रविधिको प्रयोग, निरन्तर प्रणाली अनुगमन तथा नियमित सुरक्षा परीक्षण जस्ता उपायहरू अपनाएको छ। 

साथै, सम्भावित साइबर जोखिम पहिचान र न्यूनीकरणका लागि इसेवाले आन्तरिक सुरक्षा नीति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई अनुसरण गर्दै आएको छ।

नियामकीय अनुपालन, प्रयोगकर्ताका व्यक्तिगत तथा वित्तीय सूचनाको सुरक्षा तथा सुदृढ साइबर सुरक्षा उपायहरूको माध्यमबाट प्रयोगकर्तालाई सुरक्षित, विश्वसनीय र द्रूत डिजिटल भुक्तानी सेवा  प्रदान गर्न इसेवा प्रतिबद्ध रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad