कारोबार


सञ्चालनमा आयो ‘ई–बुकिङ नेपाल’

सञ्चालनमा आयो ‘ई–बुकिङ नेपाल’

नेपालखबर
माघ २, २०८२ शुक्रबार १६:३६, काठमाडौँ

ई–बुकिङ नेपाल नामक डिजिटल प्लेटफर्मको सुरुवात गरिएको छ। गत मंगलबार काठमाडौँमा आयोजित एक समारोहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस पोर्टलको उद्घाटन गरेका हुन्।

नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै विश्व बजारसँग जोड्ने उद्देश्यका साथ इ बुकिङ नेपाल ल्याइएको हो।  

नेपाललाई केन्द्रित गरी सञ्चालनमा ल्याइएको यस डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीले सन् २०२५ देखि पूर्ण रूपमा सेवा प्रदान गर्ने प्लेटफर्म तयार गरेकोमा म‌ंगलबार यसलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

कार्यक्रममा ई–बुकिङ नेपालका सहसंस्थापक सञ्जय सुवेदीले नेपालको पर्यटन बजारमा विदेशी अनलाइन ट्राभल एजेन्सीको एकाधिकार र त्यसले निम्त्याएको देशलाई आर्थिक नोक्सानीबारे महत्त्वपूर्ण तथ्याङ्क प्रस्तुत गरे।

हाल नेपालमा करिब १ लाख ४२ हजार होटलहरू दर्ता रहेका र पर्यटन क्षेत्रले जीडीपीमा ६ देखि ७ प्रतिशत योगदान पुर्‍याइरहेको अवस्थामा बुकिङका लागि विदेशी एपहरूको प्रयोग गर्दा वार्षिक करिब १८ मिलियन डलर (करिब २ अर्ब ३५ करोड रुपैयाँ) कमिसनका रूपमा बाहिरिरहेको अनुमान रहेको उनले बताए। 

सुवेदीका अनुसार विदेशी प्लेटफर्मको प्रयोगका कारण नेपाल सरकारले वार्षिक ३० देखि ५० करोड रुपैयाँ राजस्वसमेत गुमाइरहेको छ। स्वदेशी प्लेटफर्म ई–बुकिङ नेपालको प्रयोगले यो पुँजी पलायन रोक्ने र राज्यको राजस्व अभिवृद्धिमा प्रत्यक्ष टेवा पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad