कारोबार


नयाँ सरकार बनेपछि काल्सबर्गका उच्च व्यवस्थापक नेपालमा, अर्थमन्त्रीलाई दिए १० अर्ब लगानी गर्ने जानकारी

नयाँ सरकार बनेपछि काल्सबर्गका उच्च व्यवस्थापक नेपालमा, अर्थमन्त्रीलाई दिए १० अर्ब लगानी गर्ने जानकारी

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १३:३६, काठमाडौँ

बहुराष्ट्रिय कम्पनी काल्सबर्ग ग्रुपले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। 

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा कार्ल्सवर्ग ग्रुपका अध्यक्ष हेनरिक पाउल्सेनले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने जानकारी दिएका हुन्।

‘नेपालमा राजनीतिक परिवर्तनसँगै सम्भावनहरु देखिएका छन्। नयाँ सरकारले सुशासन र नीतिगत स्थिरतालाई प्राथमिकतामा राखेको छ’, पाउल्सेनले भने, ‘हामीले सरकारका प्रतिनिधिसँग छलफल गरेका छौं। उहाँहरु र हामीबीच लगानीका लागि सहमति भएको छ।’

गोर्खा ब्रुअरीको ६ प्रतिशत सेयर जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका सञ्चालक राजबहादुर शाहले किनेको अवसर पारेर काल्सवर्ग ग्रुपका उच्च तहका व्यवस्थापक नेपाल आएको थिए। गोर्खा ब्रुअरी काल्सवर्ग ग्रुप अन्तर्गतको नेपालमा स्थापित बहुराष्ट्रिय कम्पनी हो। 

नेपालमा कार्ल्सबर्ग ग्रुपका प्रमुख कार्यकारी अधिकृत जेकब आरप एन्डरसन, अध्यक्ष हेनरिक पाउल्सेन र मध्य तथा पूर्वी युरोप र भारत हेर्ने कार्यकारी उपाध्यक्ष निकस कलाइट्जीडाकिस नेपाल आएका हुन्। 

बिहीबार कार्ल्सबर्ग ग्रुपका उच्च तहका व्यवस्थापकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पनि भेट गरेका थिए। उक्त भेटमा ग्रुपले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जाहेर गरेको हो। 

नयाँ सरकारले सुशासन र नीतिगत स्थिरतालाई प्राथमिकतामा राखेर अघि बढेकाले नेपालमा थप लगानी गर्न काल्सवर्ग ग्रुप इच्छुक रहेको हो। 

‘हामीले नेपाल भित्र राम्रो साझेदार पाएका छौं’, सीईओ जेकबले भने, ‘हामीले कर प्रशासनमा स्थिरता खोजेका छौँ।’

नेपालमा जनसंख्यामध्येमा १५ देखि ३५ वर्ष उमेर समूहको हिस्सा अधिकत रहेकाले बजार विस्तारको बाटो खोलेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad