घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को सुखद आगमनसँगै आफ्नो नयाँ वार्षिक ब्रान्ड अभियान एक्सपिरियन्स लाइफ विथ सीजी घोषणा गरेको छ। यस वार्षिक अभियान अन्तर्गत नयाँ वर्षलाई लक्षित गर्दै उपहार योजनाको भव्य सुरुवात गरिएको कम्पनीले जनाएको छ।
गत वर्ष सञ्चालित "लेभल अप!" अभियानमार्फत सीजीले नेपाली बजारमा प्रविधि र गुणस्तरको नयाँ मापदण्ड स्थापित गरेको थियो। सोही अभियानअन्तर्गत कम्पनीले नेपाली ब्रान्डमै पहिलोपटक एआई टिभी, एआई एयर फ्रायर, काराओकी टिभी र विशाल १०० इन्च टिभी जस्ता अत्याधुनिक उत्पादनहरू भित्र्याउँदै उपभोक्ताहरूलाई आफ्नो जीवनशैलीलाई अर्को स्तरमा पुर्याउन (लेभल अप) प्रोत्साहित गरेको थियो। विश्व बजारमा प्रचलित उत्कृष्ट गुणस्तरका घरायसी उपकरणहरू, पारिवारिक मनोरञ्जनका साधनहरू तथा स्मार्ट घरेलु उपकरणहरू नेपाली ब्रान्डमार्फत नै नेपालमा उपलब्ध गराउनुले सीजीको उच्चस्तरीय उत्पादनहरूप्रतिको प्रतिबद्धतालाई थप प्रमाणित गरेको सीजीको दाबी छ।
सोही सफलता र आम उपभोक्ताको उत्साहजनक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष एक्सपिरियन्स लाइफ विथ सीजी अभियानमार्फत ग्राहकहरूको जीवनशैलीलाई अझ आधुनिक, स्मार्ट र सहज बनाउने लक्ष्य लिइएको छ।
यो अभियान वर्ष २०८३ भरि नै विभिन्न उत्सवहरूमा जारी रहनेछ। नयाँ वर्षको सुरुवातमा यसका प्रमुख विशेषताहरूमा प्रिमियम जीवनशैलीको अनुभव, नयाँ वर्ष विशेष उपहार योजना, बम्पर लक्की ड्रलगायत रहेका छन्।
नेपाली बजारमा ४० वर्षभन्दा बढी समयदेखि विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।
Shares

प्रतिक्रिया