केन्द्रीय कारागार सुन्धाराबाट अस्पताल भनेर लगिएका कैदीलाई गेस्टहाउसमा लैजाने २ प्रहरी बर्खास्त भएका छन्।
जेठ १ गते कारागारबाट सामाखुशीस्थित बिनायक अस्पताल लैजाने भनेर अनुप भण्डारीलाई सामाखुशीकै दीप सागर गेस्टहाउसमा लगेको खुलेको छ।
गेष्टहाउसमा घण्टौँसम्म राखेको पाइएपछि उनलाई लिएर गएका २ प्रहरीलाई बर्खास्त गरिएको उपत्यका प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ। बर्खास्त हुनेमा प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विक रहेका छन्।
ठगी अभियोगमा कारागार चलान भएका भण्डारीलाई उनीहरूले नै अस्पताल भन्दै लगेका थिए।
उनीहरू दुवैजनालाई बर्खास्त गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतले जनकारी दियो। घटनाबारे सूचना पाएपछि छानबिन समिति गठन गरिएको थियो। समितिले होटल लगेको पुष्टि गरेपछि बर्खास्तको निर्णय भएको हो।
Shares

प्रतिक्रिया