कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको जोरपाटीमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै राजधानीमा आफ्नो रिटेल नेटवर्कलाई थप सुदृढ बनाएको छ।
शिव शक्ति बिजनेस हाउससँगको साझेदारीमा सञ्चालित यस नयाँ शोरुमले स्थानीय घरधनी, निर्माणकर्ता र डिजाइनरहरूलाई लक्षित गर्दै ब्रान्डका प्रिमियम फ्लोर र वाल टायल्सको बृहत शृंखलामा प्रत्यक्ष पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ।
शोरुमको औपचारिक उद्घाटन गत सोमबार गरिएको हो। समारोहमा मुख्य अतिथि नेपालका पूर्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसेडर दिव्या रायमाझी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। यसले कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधि र शिव शक्ति बिजनेस हाउसका नेतृत्वसँग मिलेर औपचारिक रूपमा शोरुमलाई समुदायका लागि खुला गरेका थिए।
आधुनिक र आकर्षक शैलीमा व्यवस्थित गरिएको यस शोरुमले ग्राहकलाई टायल खरिदको एक उत्कृष्ट अनुभव प्रदान गर्नेछ। यसले ग्राहकहरूलाई विभिन्न टायल्सको प्याटर्न, फिनिसिङ र साइजहरूलाई प्रत्यक्ष रूपमा छामेर, महसुस गरेर र हेरेर आफ्नो व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उपयुक्त छनोट गर्न सहज बनाउनेछ ।
नारायणटार, जोरपाटीस्थित दक्षिणढोकामा सहज पहुँच हुने गरी स्थापना गरिएको यो शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ जहाँ आधुनिक टायल डिजाइन र उच्च गुणस्तरीय निर्माण सामग्रीहरू बुझ्न तथा खरिद गर्न सकिन्छ।
Shares

प्रतिक्रिया