ad ad

कारोबार


७ लाख बेरोजगार, ७१ हजारले मात्रै पाए रोजगारी

७ लाख बेरोजगार, ७१ हजारले मात्रै पाए रोजगारी

नेपालखबर
जेठ १४, २०७९ शनिबार २१:५४, काठमाडौँ

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७ लाख ८ हजार २ सय ८७ सूचीकृत बेरोजगारमध्ये ७१ हजार ३ सय २४ जनाले रोजगारी प्राप्त गरेका छन्। 

आर्थिक वर्ष २०७७/७८ मा ७ लाख ५२ हजार ४ सय ५० सूचीकृत बेरोजगारमध्ये १ लाख ८१ हजार ५ सय ७७ ले रोजगारी प्राप्त गरेका थिए।

 आर्थिक वर्ष २०७७/७८ मा ७५३ स्थानीय तह मध्ये ७०८ स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको थियो। 

औषत दिनको हिसाबले बढी मात्रामा रोजगारी प्रदान गर्ने प्रदेशहरूमा क्रमशः कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेश रहेका थिए।

 रोजगार व्यवस्थापन सूचना प्रणालीको अभिलेखअनुसार २०७८ फागुनसम्म रोजगार संयोजक ६९९ र प्राविधिक सहायक ६७३ गरी जम्मा १,३७२ जना रोजगार सेवा केन्द्रमा कार्यरत छन्।

 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत बेरोजगारमध्ये चालु आर्थिक वर्षमा रोजगारी उपलब्ध गराउन प्रस्ताव गरिएको २ लाख व्यक्तिको २०७८ साल माघ १६ देखि २०७९ असार मसान्तसम्मका लागि काममा खटिएको १०० दिनको लागि सामुहिक दुर्घटना बीमा गरिएको छ।

चालु आर्थिक वर्षको फागुनसम्म ६,६३० व्यक्तिलाई व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान मार्फत सीपमूलक तालिम प्रदान गरिएको छ। रूपान्तरणकारी आयोजनाको रूपमा कार्यान्वयनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित विभिन्न रोजगार लक्षित कार्यक्रमबाट २०७८ फागुनसम्म ३० हजार ४८ व्यक्तिले आंशिक रोजगारी र ११ हजार ४ सय २० व्यक्तिले पूर्ण रोजगारी प्राप्त गरेका छन्।

 सो कार्यक्रमबाट आर्थिक वर्ष २०७७/७८ मा ३ लाख ८३ हजार ३८ व्यक्तिले आंशिक रोजगारी र २३ हजार ५ सय ७२ व्यक्तिले पूर्ण रोजगारी प्राप्त गरेका थिए। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित विभिन्न रोजगार लक्षित कार्यक्रमबाट हालसम्म ८ लाख ५६ हजार ५ सय ५३ जनाले आंशिक रोजगारी प्राप्त गरेका छन् भने ८३ हजार ७ सय ७३ जनाले पूर्ण रोजगारी प्राप्त गरेका छन्।

 तराई/मधेश समृद्धि कार्यक्रम अन्तर्गत चालु आ.व ०७८/७९ को लागि विनियोजित १ अर्ब ५१ करोड वित्तीय हस्तान्तरण मार्फत ५१८ आयोजनारकार्यक्रमहरू कार्यान्वयनको चरणमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .