कृषि तथा पशुपालन क्षेत्रमा कामदारको रुपमा कोरिया जान चाहनेहरुको भाषा परीक्षाको मिति तोकिएको छ।
वैदेशिक रोजगार विभागले आगामी १९ गतेदेखि असार ३ गतेसम्म परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको हो।
परीक्षा केन्द्र ललितपुरको भैसेपाटीस्थित सिभिटी भवन तोकिएको छ। दैनिक तीन सिफ्टमा परीक्षा सञ्चालन गरिने विभागले जनाएको छ।
परीक्षा सञ्चालन हुनुअगावै परीक्षार्थी हलभित्र छिरिसक्नुपर्नेछ। परीक्षामा सहभागी हुन आउनेले स्मार्ट वाच, मोबाइल, क्याल्कुलेटरलगायत अन्य उपकरण लैजान पाउने छैनन्।
कसैले यस्ता विद्युतीय उपकरण लिएर आएमा अनुचित ठहरिने विभागले चेतावनी दिएको छ। यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो।
138
Shares
प्रतिक्रिया