ad ad

कारोबार


अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा खनालले गरे नेपालको प्रतिनिधित्व

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा खनालले गरे नेपालको प्रतिनिधित्व

नेपालखबर
जेठ २६, २०७९ बिहिबार १६:२०, काठमाडौँ

नेपालका १० वटा मान्यता प्राप्त ट्रेड युनियनहरुको साझा संयन्त्र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ( जेटियुसीसी)का अध्यक्ष प्रेमल कुमार खनालले नेपाली श्रमिकको प्रतिनिधित्व गरेका छन्। 

प्रतिनिधिको रुपमा खनालले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को ११०औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सम्बोधन गरेका हुन्। 

नेपालको प्रतिनिधित्व गर्दै उनले विश्व व्यापी रुपमा श्रमिकहरुको जीवन कष्टकर अवस्थामा रहेको बताए।  

अस्थायी, करार, आउट सोर्सिङमा काममा लगाउने परिपाटीले श्रमिकको रोजगारी त्यसै पनि असुरक्षित रहेकामा कोभिड महामारीको कारण यही निहुँ बनाएर लाखौँ श्रमिकहरु रोजगारी कटौतीमा परेको बताए। 

खनालले भने, ‘श्रमिकहरुको न्यून तलब, सामाजिक सुरक्षाविहीन अवस्था र उपभोग्य बस्तुहरुको बढदो महंगीले गर्दा श्रमिकहरुको जीवन यापन चुनौतीपूर्ण अवस्थामा छ, यसले गर्दा काममा संलग्न श्रमिकहरु गरिबीको रेखा भन्दा माथि उठन नसक्ने अवस्थामा रहेका छन्।’

श्रम क्षेत्रमा अनौपचारिक श्रम अभ्यास बढदो मात्रामा छ। यसले गर्दा श्रमिक वर्ग झन शोषणको मारमा परेको बताउँदै उनले आईएलओबाट पारित अभिसन्धीहरु– संगठन गर्ने र सामुहिक सौदाबाजी गर्ने  अधिकार र श्रमिकसम्बन्धी अन्य अधिकारसम्बन्धी अभिसन्धिहरु अनुमोदन गरेर श्रमिकको अधिकार अझै  प्रत्याभूत हुन नसकेको बताए। 

उनले भने, ‘संविधानमा श्रमिकका अधिकार सुनिश्चित भए पनि श्रम कानुनहरु प्रभावकारी रुपमा लागू हुन सकेको छैन।’

कृषि, उद्योगजस्तो उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने आर्थिक नीतिको अभावमा भयावह अवस्थामा गरिबी र बेरोजगारी बढ्दै गएको उनले बताए। सो क्रममा उनले छवटा सुझाव समेत प्रस्तुत गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .