ad ad

कारोबार


सुपर डान्सर नेपालको सर्वाधिकार एडी रिलिजले पायो

सुपर डान्सर नेपालको सर्वाधिकार एडी रिलिजले पायो

नेपालखबर
जेठ २, २०७९ सोमबार १२:५१, काठमाडौँ

भारतीय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ लाई नेपालको लागि औपचारिक रुपमा फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रसारणको सर्वाधिकार ए.डी. रिलिजले लिएको छ। 

एडी रिलिजले विभिन्न भूमिकामा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्पादन, बजारीकरण र प्रसारण गर्दै आएको छ। यो बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो हो भने फ्रेन्चाइजबाट अब नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोजी गर्नेछ।  

डान्स प्रतिस्पर्धीहरुले आफ्नो क्षमता प्रारम्भिक अडिसनमार्फत देखाउनेछन् भने नेपालको प्रमुख सहरहरु पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगन्ज, काठमाडौं र नेपालबाहिरका नेपालभाषीहरु समेत प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्। 

यो कार्यक्रमको मञ्चबाट नेपालमै अन्तर्राष्ट्रियस्तरका प्रतिभा खोजी डान्सको भविष्य खोजिरहे्काहरुलाई स्थापित गरिनेछ। 

प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई छुट्टै प्रशिक्षण दिइनेछ। जसका लागि १२ जना विशेष प्रशिक्षक सुपर गुरुका रुपमा रहनेछन् भने प्रत्येक प्रतियोगीलाई एक जना कोरियोग्राफरले अभिभावकीय भूमिका निभाउँदै गाइड गर्नेछन्। यससँगै सुपर जज, सुपर गुरुले सुपर प्रतिभाको प्रस्तुतिले शोको रोमाञ्चकता थप्ने कम्पनीले जनाएको छ। 

‘सुपर डान्सर नेपाल’ को प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन २ का उपविजेता नेपाली डान्स समूह वाइल्ड रिपर्ज पनि अनुबन्धित छ। 

भारतीय सर्वाधिक लोकप्रिय मनोरञ्जन टेलिभिजन च्यानल सोनीमा पनि ‘सुपर डान्सर’ ले टेलिभिजन लोकप्रियताको आधारमा गरिने रेटिङ (टि.आर.पि.) पनि अग्रस्थानमा रहेको छ।

यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । फ्रेन्चाइज गाइडलाइन अनुसार ३ जना प्रतिष्ठित व्यक्तित्व सुपर जज प्यानलमा रहनेछन् भने यो शो ३० भाग निर्माण हुनेछ ।

शोलाई आकर्षक बनाउन फ्रेन्चाइज गाइडलाइन अनुसार चाहिने स्टुडियो, उपकरण, लेखन, प्रि प्रोडक्सन, पोष्ट प्रोडक्सन आदिमा कुनै पनि सम्झौता नगरिने कम्पनीले जनाएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .