ad ad

कारोबार


आईआईएफटीको ड्रेसमा ‘ओपनिङ राउण्ड’मै देखिनेछन् ‘मिस नेपाल वर्ल्ड’का प्रतियोगीहरु

आईआईएफटीको ड्रेसमा ‘ओपनिङ राउण्ड’मै देखिनेछन् ‘मिस नेपाल वर्ल्ड’का प्रतियोगीहरु

नेपालखबर
जेठ २४, २०७९ मंगलबार १७:३१, काठमाडौँ

‘मिस नेपाल वर्ल्ड-२०२२’का प्रतियोगीहरु हिजोआज प्रशिक्षणमा व्यस्त छन् । ‘मिस नेपाल वल्ड’को यस संस्करणमा २४ जना सुन्दरी ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।

नेपालको सौन्दर्य प्रतियोगितामध्येकै उत्कृष्ट ‘मिस नेपाल वर्ल्ड-२०२२’को ग्राण्ड फिनाले यही १८ जुन अर्थात असार ४ गते हुँदैछ । हरेक सौन्दर्य प्रतियोगिताको ‘ओपनिङ राउण्ड’लाई महत्वका साथ लिइन्छ, किनकि पहिलो राउण्डसँगै दर्शकमाझ प्रतियोगीका पहिलो परिचय खुल्छ । त्यसैले प्रतियोगीहरुले ‘ओपनिङ राउण्ड’मा पहिरनले ड्रेसको बेग्लै महत्व राख्छ ।

यतिखेर धेरैलाई कौतुहलता लागेको छ कि ‘मिस नेपाल वर्ल्ड-२०२२’का प्रतियोगीहरु ‘ओपनिङ राउण्ड’मा कस्ता पहिरनमा देखिँदैहोलान् ? अर्थात कस्तो तयारी गरिरहेका होलान् ?

यसपटक ‘मिस नेपाल वल्र्ड’का प्रतियोगीहरु पहिलो अर्थात ओपनिङ राउण्डमा आईआईएफटीबाट फेसन डिजाइनिङ ग्राजुएट गरेका डिजाइनरहरुले तयार पारेको डिजइनिङ पहिरनमा प्रस्तुत हुँदैछन् ।

आईआईएफटी अर्थात इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट ग्राजुएट १० जना फेसन डिजाइनरहरु यतिखेर २४ जना सुन्दरीका लागि पहिरन तयार गर्न व्यस्त छन् ।

फेसन डिजाइनरहरु पेशल खड्का, पम्फा श्रेष् मगर, संगीत आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाहीले आईआईएफटीका निर्देशक विपना थापाको निर्देशन र एकेडेमिक हेड सविन ढुंगानाको निरीक्षणमा प्रतियोगीका लागि परिहन तयार गरिरहेका छन् ।

डिजाइनरहरुले २४ प्रतियोगीका लागि चार वटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ । तर, के कस्तो थिम भने खुलाइएको छैन ।

आईआईएफटीले छोटो समयमै हजारौँ फेसन डिजाइनरहरु उत्पादन गरिसकेको छ । काठमाडौंको बागबजार र कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङका अलावा इन्टेरियर डिजाइनको पनि अध्यापन गराउन सुरु गरेको छ ।

यसअघि आईआईएफटीले दर्जनौँ इभन्टहरुमा पहिरनका लागि को–अर्डिनेटर गरिसकेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .