कारोबार


३५ करोड डलर जरिवाना लागेपछि ट्रम्पले ल्याए आफ्नै ब्रान्डको जुत्ता, यस्तो छ मूल्य

३५ करोड डलर जरिवाना लागेपछि ट्रम्पले ल्याए आफ्नै ब्रान्डको जुत्ता, यस्तो छ मूल्य

नेपालखबर
फागुन ६, २०८० आइतबार १४:४५, काठमाडौँ

अदालतले ३५ करोड डलर जरिवाना लगाएपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नामको ब्रान्डमा जुत्ता लन्च गरेका छन्।

बीबीसीका अनुसार जुत्ता फिलाडेल्फियाको स्निकर कोनमा लन्च गरिएको हो। जहाँ स्निकर फ्यानहरूको जमघट छ।

जब ट्रम्पले जुत्ता लन्च गरे, तब कतिपयले उनको मजाक उडाउने प्रयास गरे भने कतिपयले प्रोत्साहन गरे। सुनौलो रंगका यी जुत्ता अनलाइन पसलमा ३९९ डलरमा बिक्री भइरहेका छन्।

केही दिनअघि न्युयोर्कको एक अदालतले ट्रम्पलाई आफ्नो सम्पत्तिको मूल्य बढाएको आरोपमा ३५ करोड डलरभन्दा बढी जरिवाना लगाएको थियो।

यसलाई ट्रम्पका लागि ठूलो झट्काका रूपमा हेरिएको छ। किनभने अहिलेसम्म उनले आफूलाई सफल व्यवसायीको रूपमा प्रस्तुत गरेका थिए।

योसँगै ट्रम्पलाई राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको उम्मेदवारका रुपमा हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .