कारोबार


तोलामा २ सयले बढ्यो सुनको मूल्य

तोलामा २ सयले बढ्यो सुनको मूल्य

नेपालखबर
जेठ ३, २०७९ मंगलबार ११:४२, काठमाडौँ

सुनको मूल्य सामान्य दरमा बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २ सयका दरले सुन महंगिएको हो। 

यसअनुसार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

१ गते यी सुन क्रमशः प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र ९६ हजार रुपैयाँमा कारोबार भएको थियो। २ गते सार्वजनिक विदापछि आज ३ गते बजार खुलेको हो। 

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। १ गते प्रतितोला १२ सय ४० रुपैयाँ रहेको चाँदी ३ गते २० रुपैयाँ बढेर १२ सय ६० रुपैयाँ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .