सेयरबजारमा १३.९५ अंकको गिरावट आएको छ।
लगातार दुई दिन बढेपछि तेस्रो कारोबार दिन बजार घटेको हो। योसँगै नेप्से २७१२.५४ विन्दुमा झरेको छ।
बजारमा बुधबार कुल ५ अर्ब १८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यो कारोबारमा ७७ वटा सेयरको मूल्य बढ्दा अधिकतम बढावट १४.९९ प्रतिशतसम्म र १९३ वटाको घट्दा अधिकतम गिरावट ७.१६ प्रतिशतसम्म छ। यस दिन ४२ करोडसम्मको कारोबार भएको छ।
आज फाइनान्स, उत्पादन तथा प्रशोधन बढे पनि बाँकी समूहहरु राताम्य छन्।
6
Shares

प्रतिक्रिया