सुनको मूल्य आज घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन र तेजाबी सुनको मूल्य फरक दरले घटेको छ।
छापावाल सुन तोलामा २ सय रुपैयाँ र तेजाबी सुन १५० रुपैयाँले घटेको हो।
योसँगै आज दुवै सुन क्रमशः १ लाख १० हजार र १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन यी दुवै सुन क्रमशः १ लाख १० हजार २ सय र १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएका थिए।
त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। आज चाँदी १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको हो।
54
Shares
प्रतिक्रिया