सुन र चाँदीको मूल्य बिहीबार बढेको छ।
सुन तोलामा ८ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसँगै छापावाल सुन १ लाख ४४ हजार ९ सय र तेजाबी सुन १ लाख ४४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।
यता चाँदी १ हजार ८ सय ७० रुपैयाँबाट बढेर १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य क्रमशः २ हजार ३ सय ८२ र ३१ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
2.5k
Shares

प्रतिक्रिया