कारोबार


तोलामा १८ सयले बढ्यो सुनको मूल्य, चाँदी ४० रुपैयाँ महँगो

तोलामा १८ सयले बढ्यो सुनको मूल्य, चाँदी ४० रुपैयाँ महँगो

नेपालखबर
साउन १६, २०८१ बुधबार ११:५३, काठमाडौँ

सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ उकालो लागेको छ। 

योसँगै बजारमा आज छापावाल सुन १ लाख ४७ हजार ८ सय र चाँदी १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

उता अन्तर्राष्ट्रिय बजारमा समेत सुन आज ८ अमेरिकी डलर प्रतिऔँसका दरले महंगिएको छ। 

योसँगै सुन प्रतिऔँस २ हजार ४ सय १७ अमेरिकी डलर र चाँदी २८ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad