कारोबार


तोलामा ३ सय रुपैयाँले बढ्यो सुन, चाँदी २० रुपैयाँले सस्तो

तोलामा ३ सय रुपैयाँले बढ्यो सुन, चाँदी २० रुपैयाँले सस्तो

नेपालखबर
साउन २४, २०८१ बिहिबार ११:४८, काठमाडौँ

बिहीबार सुनको मूल्य बढेको छ। 

सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

योसँगै आज छापावाल सुन १ तोला किन्न ग्राहकले १ लाख ४६ हजार ६ सय रुपैयाँ तिर्नुपर्नेछ। अघिल्लो दिन १ लाख ४६ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो। 

यता चाँदीको मूल्य भने घटेको छ। २० रुपैयाँले सस्तो भएको चाँदी आज १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा चाँदी २६.८८ अमेरिकी डलर र सुन २ हजार ३९५ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad