सुनको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको हो।
योसँगै आज सुन १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन २ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन ११ डलर हाराहारीमा घटेर प्रतिऔँस २ हजार ६५६ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
त्यसैगरी चाँदी पनि ३१ अमेरिकी डलरमा कारोबार भएको छ।
3.9k
Shares

प्रतिक्रिया