सेयरबजारमा आज ३ अर्ब ७६ करोड रुपैयाँको खरिदबिक्री भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार २१५ कम्पनीको ८५ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको हो।
दिनभरिमा ५६ हजार ८ सय १९ पटकको खरिदबिक्रीमा उक्त कारोबार भएको हो।
परिसूचक नेप्से ११ बजे बजार खुलेयता निरन्तर घटेको थियो। ३८.६१ अंकले घटेसँगै सूचक २१४८.१६ विन्दुमा झरेको छ। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ८.२५ अंकले झरेको छ।
बिहीबार कुल १३ वटा उपसूचक सबै राताम्य हुनपुगेका छन्। १९ वटा कम्पनीको सेयर मूल्य बढे पनि आज १६१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ।
नेप्से घट्दा बजार पुँजीकरण ३० खर्ब ६५ अर्ब र तरलता १२ खर्ब ५४ अर्बको छ।
आज बलेफी हाइड्रोपावरका लगानीकर्ताले ८.९८ प्रतिशत अर्थात् प्रतिकित्ता ३२.९० रुपैयाँ कमाएका छन्। अन्य कम्पनीको उल्लेख्य आम्दानी हुन सकेको छैन। त्यस्तै आज युनाइटेड आईडीआई मार्दीका लगानीकर्ताले पनि ९.५२ प्रतिशत अर्थात् प्रतिकित्ता ८०.९० रुपैयाँ गुमाएका छन्।
नेप्सेका अनुसार आज सबैभन्दा धेरै कारोबार भने शिवम् सिमेन्टको भएको छ। कम्पनीको ८०५.१० रुपैयाँ प्रतिकित्ता मूल्यमा सर्वाधिक २५ करोड रुपैयाँको कारोबार भएको हो।
आज सबैभन्दा धेरै अपि पावरको ४ लाख ४३ हजार कित्ता, शिवम् सिमेन्टको ३ लाख १२ हजार कित्ता सेयर कारोबार भएको छ। सबैभन्दा धेरैपटक शिवम् सिमेन्टको २ हजार २ सय १६ पटक किनबेच भएको नेप्सेले जनाएको छ।
Shares
प्रतिक्रिया