ad ad

कारोबार


जारी भयो लघुबीमा निर्देशन, ५० लाखसम्मका बीमा गर्न पाइने

जारी भयो लघुबीमा निर्देशन, ५० लाखसम्मका बीमा गर्न पाइने

नेपालखबर
चैत २७, २०७९ सोमबार १६:५, काठमाडौँ

नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको छ। 

निर्देशनमा लघुबीमा कम्पनीले ५० लाखसम्मको बीमांक भएको बीमा जारी गर्न पाउने उल्लेख छ। 

प्राधिकरणले जारी गरेको लघुबीमा निर्देशनअनुसार लघु निर्जीवन बीमा कम्पनीले ५० लाख रुपैयाँ बीमांकसम्मको बीमा गर्न पाउने भएका छन्। 

त्यस्तै, लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँभन्दा कम बीमांक भएको बीमा गर्न पाउनेछन्।

लघुबीमा व्यवसायको विकास, प्रवर्द्धन तथा व्यवस्थापन गरी बीमामार्फत न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको जनाएको छ।

लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा र इन्जिनियरिङ लघुबीमाको सीमा ५० लाख रुपैयाँ बीमांक तोकिएको छ। दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघुबीमाको सीमा ५ लाख रुपैयाँ निर्धारण गरेको छ।

लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमामध्ये कुनै एक वा एक भन्दा बढी प्रकारका बीमा व्यवसाय गर्न सक्नेछन्।

जीवन लघुबीमा लेखको हकमा एक वर्ष वा त्यसभन्दा बढी अवधिको र निर्जीवन लघुबीमाको हकमा एक वर्ष वा त्यसभन्दा बढी अवधिको र निर्जीवन लघुबीमा लेखको हकमा एक वर्ष वा त्यसभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने प्राधिकरणले जनाएको छ। 

बीमा प्राधिकरण निर्देशनअनुसार दाबी भुक्तानीमा भने पारदर्शिता चाहिने देखिएको छ।

बीमकले आफूसमक्ष परेको लघुबीमा दाबीको तत्काल छानबिन गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्नेछ। बीमकले दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त भएको बढीमा २१ दिनभित्र दायित्व एकीन गरी भुक्तानी गर्नुपर्नेछ। 

यस्तै, दाबी भुक्तानीसम्बन्धी कुनै विवाद उत्पन्न भएका प्राधिकरणमा ३५ दिनभित्र लिखित उजुरीसमेत गर्न सकिनेछ।

लघु जीवन बीमा व्यवसाय 
लघु जीवन बीमा व्यवसाय अन्तर्गत बीमकले देहायको मध्ये एक वा एक भन्दा बढी प्रकारका बीमा व्यवसाय गर्न पाउनेछन् । 

आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन र अन्य लघु जीवन बीमा गर्न पाइनेछ । 

लघु निर्जीवन बीमा व्यवासाय 
घर सम्पत्ती तथा व्यवसाय लघुबीमा, मोटर लघुबीमा, इन्जिनियरिङ लघुबीमा, दायित्व तथा मौद्रिक क्षति लघुबीमा र अन्य लघु निर्जीवन बीमा गर्न पाइने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .