ad ad

कारोबार


चीनलाई उछिन्दै भारत बन्यो विश्वको धेरै जनसंख्या भएको देश

चीनलाई उछिन्दै भारत बन्यो विश्वको धेरै जनसंख्या भएको देश

भारतको जनसंख्या (एएफपी)


नेपालखबर
बैशाख ६, २०८० बुधबार १७:१२, काठमाडौँ

विश्वको धेरै जनसंख्या भएको देशमा भारतले चीनलाई उछिनेको छ। 

संयुक्त राष्ट्रसंघको बुधबार सार्वजनिक तथ्यांकअनुसार भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुगेको उल्लेख छ। त्यस्तै चीनको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाख रहेको छ। 

यो राष्ट्रसंघको विश्व जनसंख्या ड्यासबोर्डको २०२३ को मध्यसम्मको अनुमानित आँकडा हो। 

चीनको उक्त जनसंख्यामा हङकङ र मकाउ तथा ताइवानलाई समावेश गरिएको छैन। 

जनसंख्या बढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई रोजगारी सिर्जनामा दबाब पर्ने देखिएको ब्लुमबर्गले उल्लेख गरेको छ। भारतमा आधा जनसंख्या ३० वर्षमुनिका रहेका छन्। 

आगामी वर्षमा भारत विश्वकै द्रुतगतिमा उदाइरहेको मुख्य अर्थतन्त्र बन्दै छ। 

एसियाकै तेस्रो ठूलो अर्थतन्त्र भएको भारतको जनसंख्या युरोप, अफ्रिका वा अमेरिकाको पूरै जनसंख्याभन्दा पनि बढी हो। 

सन् २०५० सम्म यो आँकडा बदलिन सक्नेछ। उक्त समयसम्म भारत १.६६८ अर्ब जनसंख्या भएको देश हुनेछ भने चीनको १.३१७ अर्बमा खुम्चिने अनुमान छ। 

भारतमा सन् २०२२ मा २ करोड ३० लाख शिशु जन्मिएका थिए। यता चीनमा भने छ दशकयताकै पहिलोपटक जनसंख्या खुम्चिन थालेको छ। गत वर्ष चीनमा ९५ लाख ६० हजार शिशु जन्मिएका थिए। 

यता विश्वको कुल जनसंख्या वृद्धिदर भने सन् १९५० यता सुस्त बनेको छ। यसअघिको राष्ट्रसंघीय प्रक्षेपणले सन् २०३० मा साढे ८ अर्ब पुग्ने अनुमान गरिएको छ। गत वर्ष ८ अर्ब पुग्ने प्रक्षेपण गरिएको थियो। सन् २०५० मा विश्व जनसंखया ९ अर्ब ७० करोड पुग्ने अनुमान छ। सन् २०८० को दशकमा १० अर्ब ४० करोड पुग्ने र २१०० सम्म यही कायम रहने प्रक्षेपण गरिएको छ। 

बढ्ने प्रक्षेपण गरिएकामध्ये आधाजसो विश्व जनसंख्या सन् २०२२ र २०५० को बीचमा आठ देशहरु कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानियामा हुने प्रक्षेपण छ। ब्लुमबर्गबाट। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .