ad ad

कारोबार


साताको सुरुवातमै १९ अंकले घट्यो सेयरबजार, ९५ करोडको मात्र किनबेच

साताको सुरुवातमै १९ अंकले घट्यो सेयरबजार, ९५ करोडको मात्र किनबेच

नेपालखबर
बैशाख १७, २०८० आइतबार १५:२८, काठमाडौँ

साताको पहिलो कारोबार दिन सेयरबजारमा गिरावट आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा पुगेको हो। 

योसँगै बजारमा ९५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ। यसअनुसार २६ कम्पनीको सेयर बढे पनि १८९ वटाको घटेको र चारवटाको उही मूल्यमा कारोबार भएको छ। 

आइतबार २६ हजार पटकको कारोबारमा ३२ लाख कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। 

आज कुल बजार पुँजीकरण २७ खर्ब र बजारमा तरलता ९ खर्ब ७४ करोडको रहेको छ। 

आज अधिकतम प्रतिसेयर आम्दानी ३.३३ प्रतिशत मात्र छ भने अधिकतम प्रतिसेयर नोक्सानी ८.८९ प्रतिशतसम्म छ। 

त्यस्तै साताको पहिलो कारोबार दिन शिवम् सिमेन्टको ४ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो नै आजको सर्वाधिक रकमको कारोबार हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .