ad ad

कारोबार


७ महिनामा साढे ८२ अर्बको सेयर सूचीकृत

७ महिनामा साढे ८२ अर्बको सेयर सूचीकृत

नेपालखबर
फागुन २७, २०८० आइतबार १६:१०, काठमाडौँ

चालू आर्थिक वर्षको ७ महिनामा कुल ८२ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएका छन्। 

राष्ट्र बैंकका अनुसार साधारण, बोनस, हकप्रद र एफपीओ गरी उक्त परिमाणको सेयर सूचीकृत भएका हुन्। 

यसअनुसार उक्त अवधिसम्म ६५ अर्ब ८६ करोडको साधारण, १० अर्ब ५९ करोडको बोनस सेयर, ६ अर्ब १० करोडको हकप्रद र ३ करोडको एफपीओ गरी कुल ८२ अर्ब ५७ करोडको थप सेयर सूचीकृत भएको हो। 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८१ करोड रुपैयाँबराबरको साधारण सेयर, ६ अर्ब २ करोडरुपैयाँको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँको हकप्रद सेयर र ३ अर्ब ५० करोड रुपैयाँको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ।

योसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० माघ मसान्तमा सूचीकृत ८ अर्ब २१ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब १३ अर्ब ५९ करोड रुपैयाँ छ।

२०८० माघ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०७९ माघमा सूचीकृत कम्पनीहरूको संख्या २४६ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ ।

२०७९ माघ मसान्तमा २१२१.८७ रहेको नेप्से सूचकाङ्क २०८० माघ मसान्तमा २१०१.१६ कायम भएको छ। २०८० माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको छ। २०७९ माघ मसान्तमा बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रहेको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .