कारोबार


शान्ता चौधरीको चेतावनी: अचार उधारो लगेर फोन नउठाउनेको नम्बर सार्वजनिक गर्न नपरोस्

शान्ता चौधरीको चेतावनी: अचार उधारो लगेर फोन नउठाउनेको नम्बर सार्वजनिक गर्न नपरोस्

नेपालखबर
माघ १३, २०८२ मंगलबार २१:५०, काठमाडौँ

नेकपा एमालेकी नेता शान्ता चौधरीले उधारो अचार लगेकाहरूले पैसा नतिरेको गुनासो गरेकी छन्। 

राजनीति सँगसँगै अचार व्यवसाय पनि गरिरहेकी उनले उधारो अचार लगेकाहरूले फोन नै उठाउन छाडेको भन्दै नम्बर सार्वजनिक गर्ने चेतावनी दिएकी छन्। 

‘अचार यति धेरै उधारो जाला र उधारो लगेकाले पैसा तिर्नुको साटो सम्बन्धै बिगार्लान् भने मैले सोचेकै थिएन’, चौधरीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘ककसले फोन उठाउन छोड्नुभयो, नाम र फोन नम्बर मैले सार्वजनिक गर्न नपरोस्।’

केही समयअघि सुर्खेतको वीरेन्द्रनगरस्थित उनको अचार पसलमा आगोसमेत लगाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad