ad ad

कारोबार


इलोन मस्कको ट्विटर खरिद प्रस्ताव बोर्ड बैठकबाट अनुमोदन

इलोन मस्कको ट्विटर खरिद प्रस्ताव बोर्ड बैठकबाट अनुमोदन

नेपालखबर
असार ९, २०७९ बिहिबार १३:१२, काठमाडौँ

सामाजिक सञ्जाल ट्विटरको बोर्ड बैठकले अर्बपति इलोन मस्कले गरेको खरिद प्रस्तावलाई अनुमोदन गरेको छ। 

सीएनएनका अनुसार कम्पनीका सेयरसदस्यहरुले ट्विटर बिक्रीको पक्षमा गरेको मतदानलाई अनुमोदन गरिएको नियामकीय निकायमा पेस भएको कागजातले देखाएको छ। 

मस्कले गर्नलागेको प्राप्तिबारे ट्विटरले सेयरसदस्यसँग विशेष बैठक समेत बस्ने भएको छ। यो नै खरिदको अन्तिम कदम हुनेछ भने त्यसपछि सम्झौता हुने बताइएको छ। 

ट्विटरको बोर्डले अरु कुनै मर्जर सम्भावनाको विकल्पन नदेखेको नियामकीय निकायलाई भनेको छ। योसँगै अप्रिलमा मस्कले गरेको ४४ अर्ब डलरको खरिद प्रस्ताव करिब करिब अन्तिम चरणमा प्रवेश गरेको छ। 

मस्कले कम्पनीको ठूलो सेयरसदस्य बनेपछि खरिदको प्रस्ताव गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .