सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजारको बजेट ल्याएको छ।
आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।
्
(३०.४९) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५) बजेट विनियोजन गरिएको छ।
यस्तै, अन्तर्सरकारी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि बढाएर बजेट ल्याएको हो।
प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १५ अर्ब ४० करोड ३० लाख १७ हजार बजेट विनियोजन गरिएको छ।
चालू आर्थिक वर्षमा उक्त मन्त्रालयका लागि १४ अर्ब ६० करोड १४ लाख ७४ हजार विनियोजन गरिएको थियो।
आगामी वर्षका लागि करिब एक अर्ब बढाइएको हो। पौने नौ अर्ब मात्रै सिलिङ दिइएकोमा अन्तिम समयमा खिचातानीकाबीच भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि बजेट बढाइएको छ।
Shares

प्रतिक्रिया