ad ad

निर्वाचन विशेष


प्रमुख पदमा महिलाहरु निराश, कास्कीका पालिकामा पनि पुरुषकै वर्चस्व

पोखरासहित पाँच पालिकामा यस्ता छन् उम्मेदवार
प्रमुख पदमा महिलाहरु निराश,  कास्कीका पालिकामा पनि पुरुषकै वर्चस्व

पोखरा महानगरमा उम्मेदवारी दिन जाँदै एमालेका उम्मेवादरहरु। तस्बिर : रासस


वाशुदेव मिश्र
बैशाख १२, २०७९ सोमबार २३:४५, पोखरा

बाध्यकारी प्रावधानबाहेक महिला उम्मेदवारलाई निरुत्साहित गर्दै स्थानीय निर्वाचनको लागि स्वतन्त्रसहित विभिन्न दलका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । 

कास्कीको हकमा कांग्रेसले मात्रै रुपा गाउँपालिकाको अध्यक्षमा गिमाया गुरुङलाई उभ्याएको छ । 

आमुल परिवर्तन पार्टीको तर्फबाट मुना बानियाँले मेयरमा उम्मेदवारी दिएबाहेक अन्य महिलाहरुले प्रमुख पद आँकेका वा पाएका छैनन् । 

उपप्रमुखको भाग चाहिँ महिलाले पाएका छन् । वडाहरूमा पनि अवस्था उस्तै छ । एमालेले पोखराको वडा नम्बर १० र १७ मा क्रमशः पवित्रा गुरुङ र राधिका शाही योगीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । 

कांग्रेसले वडा नम्बर १ मा सीता गुरुङ र  ९ मा शारदा गिरी मात्रै महिला उम्मेदवार छन् । पोखराको मेयरमा २ दर्जन र उपमेयरमा करिब एक दर्जनले उम्मेदवारी दिँदा गण्डकी प्रदेशभर एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

पोखरासहित प्रदेशका केही जिल्लामा भने सत्ता साझेदारबीच गठबन्धन हुँदा गठबन्धनको विपक्षमा एमाले भिड्ने पक्का भएको छ । यद्यपि, स्वतन्त्र र साना दलका उम्मेदवारको संख्या र प्रभाव पनि कम छैन ।

पोखरा महानगरमा एमालेका कृष्ण थापासँग गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ र कांग्रेसकी कोपिला रानाभाट मुख्य प्रतिस्पर्धी देखिएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले युवराज कुँवर र खुमकुमारी गुरुङलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएको छ ।  

एमालेको विष्णु केसी अध्यक्ष र उपाध्यक्षमा चन्द्रकला अधिकारीलाई अध्यक्ष र उपाध्यक्षको रुपमा अघि सारेको छ ।  

माछापुच्छ्रेमा एमालेबाट विक्रम गुरुङ र सीता तिवारी अध्यक्ष  तथा उपाध्यक्षको उम्मेदवार बन्दा कांग्रेसले क्रमशः मीनबहादुर गुरुङ र गीता अधिकारीलाई मैदानमा उतारेको छ ।

 मादीमा कांग्रेसको तर्फबाट देवीजंग गुरुङ र गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट लालबहादुर गुरुङलाई अध्यक्ष र उपाध्यक्ष बनाउँदा एमालेबाट शिवबहादुर गुरुङ र कल्पना गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन् ।   

रुपाबाट एमालेले नवराज ओझा र लालसुबा गुरुङलाई अध्यक्ष र उपाध्यक्षमा दोहर्याउँदा कांग्रेसले क्रमशः गिमाया गुरुङ तथा नारायण कुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । 

नेपाली कांग्रेस, माओवादी केन्द्र,एकीकृत समाजवादीसहितका दलहरुबीच कास्कीमा गठबन्धन नहुने घोषणा गरेसँगै ती स्थानहरुमा अन्य दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

माओवादीले माछापुच्छ्रेमा प्रविणा अधिकारीलाई उपाध्यक्षमा उठाएको छ । त्यस्तै पोखरा वडा नम्बर १ मा माओवादी केन्द्रले पनि उम्मेदवारी दिएको छ । 

माओवादी तर्फबाट वडा नम्बर १ मा भानु अधिकारी उम्मेदवार दिएका छन् । 

यद्यपि, उम्मेदवारी फिर्ता लिने बेलासम्म गठबन्धन अझ कसिलो बनाइने र केही ठाउँमा सहमति गरिने कांग्रेस पोखरा नगर समितिका सचिव टुवराज बास्तोलाले जानकारी दिए ।

एमालेबाट ५ वटा पालिकाका उम्मेदवार

१) अन्नपूर्ण गाउँपालिका
अध्यक्ष : विष्णु बहादुर केसी 
उपाध्यक्ष : चन्द्रकला अधिकारी 
वडा नं १ तुलसी प्रसाद अधिकारी 
वडा नं २ चूडामणि अधिकारी 
वडा नं ३ फडिन्द्र पौडेल 
वडा नं ४ कृष्ण केसी 
वडा नं ५ दुर्गादत्त ढुङ्गाना
वडा नं ६ एकदेव देवकोटा 
वडा नं ७ भरतमान गुरुङ 
वडा नं ८ मिनाकुमारी गुरुङ 
वडा नं ९ रमेश गुरुङ 
वडा नं १० कुमार गुरुङ 
वडा नं ११ हिमबहादुर गुरुङ 

२) माछापुच्छ्रे गाउँपालिका 
अध्यक्ष : विक्रम गुरुङ 
उपाध्यक्ष : सीता अधिकारी 
वडा नं १ अनुप गुरुङ 
वडा नं २ केशकुमारी गुरुङ 
वडा नं ३ विष्णुबहादुर केसी 
वडा नं ४ टेकबहादुर श्रेष्ठ 
वडा नं ५ यामबहादुर गुरुङ 
वडा नं ६ टेकनाथ गौतम 
वडा नं ७ अमर गुरुङ 
वडा नं ८ कृष्णप्रसाद दवाडी 
वडा नं ९ आइतबहादुर क्षेत्री 

३) मादी गाउँपालिका 
अध्यक्ष : शिवबहादुर गुरुङ 
उपाध्यक्ष : कल्पना गुरुङ 
वडा नं १ उभरबहादुर गुरुङ 
वडा नं २ एकाजंग गुरुङ 
वडा नं ३ ज्यामप्रसाद गुरुङ 
वडा नं ४ शिवप्रसाद सापकोटा 
वडा नं ५ सुब्बा गुरुङ 
वडा नं ६ दिलबहादुर क्षेत्री 
वडा नं ७ रामप्रसाद गुरुङ 
वडा नं ८ प्रेम गुरुङ 
वडा नं ९ मनोज गुरुङ 
वडा नं १० रामराज सुवेदी 
वडा नं ११ सिंहमान तामाङ 
वडा नं १२ प्रकाश बराल

४) रुपा गाउँपालिका 
अध्यक्ष : नवराज ओझा
उपाध्यक्ष : लालसुब्बा गुरुङ 
वडा नं १ शिव खनाल
वडा नं २ राजन सुवेदी 
वडा नं ३ दिपेन्द्र गौतम 
वडा नं ४ मुकुन्द बंशी
वडा नं ५ राजन खनाल
वडा नं ६ नारायण गुरुङ 
वडा नं ७ कृष्णप्रसाद सुवेदी 

५) पोखरा महानगरपालिका 
मेयर : कृष्णबहादुर थापा
उपमेयर : मञ्जुदेवी गुरुङ 
वडा न १: सहारा प्रधान 
वडा न २: दिपक शाह
वडा न ३ :बिष्णुशंकर ख्वाजु
वडा न ४: मदन मुल्मी
वडा न ५ : बिष्णु बराल 
वडा न ६ : बिष्णु बहादुर भट्टराई 
वडा न ७ : किशोर बराल 
वडा न ८ : रुद्रनाथ बराल 
वडा न ९ : प्रेम गुरुङ 
वडा न १०: पवित्रादेवी गुरुङ
वडा न ११: मीन बहादुर गुरुङ
वडा न १२ : देशभक्त केसि 
वडा न १३ : वसन्तराज बराल 
वडा न १४: ढोल बहादुर गुरुङ
वडा न १५ : तोरण बहादुर बानियाँ 
वडा न १६: राजेश गुरुङ
वडा न १७ : राधिका शाही योगि
वडा न १८ : पुस्कल बहादुर थापा 
वडा न १९: इमानराज पौडेल
वडा न २०: गङ्गा बहादुर केसी
वडा न २१: दिपक सुवेदी 
वडा  न २२: प्रकाश गुरुङ
वडा न २३ : शिवलाल पराजुली
वडा न २४: रामचन्द्र थापा 
वडा न २५: तिर्थ बहादुर थापा 
वडा न २६: सूर्यनाथ भण्डारी 
वडा न २७: सुर्यमणि लामिछाने 
वडा न २८: बैन बहादुर गुरुङ
वडा न २९: श्रीप्रसाद गुरुङ्ग
वडा न ३०: सोमनाथ बास्तोला 
वडा न ३१ : चिरञ्जीवी बन्जारा 
वडा न ३२: खेम पुन 
वडा न ३३: शिवप्रसाद आचार्य

मेयर : एकीकृत समाजवादीका धनराज आचार्य 
उपमेयर : कोपिला रानाभाट (कांग्रेस )

कांग्रेसबाट पोखराका वडाध्यक्षका उम्मेदवार 
१.सीता गुरुङ 
२.दिवसमान प्रधानाङ्ग
३. प्रकाश उदास
४.देवकृष्ण पराजुली 
५ प्रमोद कोइराला 
६.जगत पहारी 
७.राममोहन आचार्य
८.शारदा गिरी 
९. दीपेन्द्र मरासिनी 
१० राजेश गुरुङ
११.प्रेम कर्माचार्य  
१२.सन्तोष बास्तोला
१३.किरण बराल
१४.बोधबहादुर कार्की
१५. मीनबहादुर गिरी 
१६. अमृत तिमिल्सिना
१७. देवराज आचार्य 
१८. शिव तिमिल्सिना
१९. पुष्पेन्द्र पाण्डे 
२०.तोरणबहादुर गुरुङ
२१. दीपेन्द्र आचार्य 
२२. होमप्रसाद आचार्य 
२३  रामकाजी गुरुङ
२४.भरत अधिकारी
२५. मोती तिमिल्सिना 
२६. नरेन्द्र थापा
२७. पूर्णबहादुर गुरुङ
२८. श्रीकृष्ण लामिछाने 
२९. सुदेव गुरुङ
३०. दुर्गा सुवेदी 
३१. ढकनाथ ढकाल
३२. अक्कल बहादुर कार्की 
३३. रामचन्द्र अधिकारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .