ad ad

निर्वाचन विशेष


लालबन्दी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल

लालबन्दी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल

शैलेन्द्र महतो
बैशाख १७, २०७९ शनिबार १३:२, जनकपुरधाम

सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता पश्चात दुवै दलबीच मात्र चुनावी तालमेल सम्भव भएको हो । माओवादी केन्द्रले मेयर पद र एकीकृत समाजवादीले उपमेयर पद लिने सहमति  भएको छ । 

यसअघि दुवै दलले मेयर र उपमेयरका लागि छुट्टाछुट्टै मनोनयन दर्ता गराएका थिए।  

अब माओवादीबाट मेयरमा प्रह्लाद बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् । बुढाथोकी माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष हुन् । 

माओवादीले उपमेयरको उम्मेदवार र समाजवादीले मेयरको उम्मेदवार फिर्ता लिएपछि चुनावी तालमेलको निर्णय भएको हो ।

तालमेलको लागि माओवादीबाट उपमेयरकी उम्मेदवारमा सुमित्रा श्रेष्ठ र नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरमा रमा पौडेलले एकैसाथ शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । 

फिर्तापछि दुवै दलबीच मेयर र उपमेयर पदमा चुनावी तालमेल भएको उम्मेदवार बुढाथोकीले जानकारी दिए। अहिले मेयर र उपमेयरमा तालमेल भएको छ । केही वडामा पनि तालमेल भइसकेको छ । बाँकीमा गर्ने प्रयास जारी छ, बुढाथोकीले नेपालखबरसँग भने । 

सुरुदेखि नै दुवै दलबीच तालमेको प्रयास जारी राखे पनि सम्भव हुन सकेको थिएन । त्यसैले उनीहरुले संवाद जारी राख्दै छुट्टाछुट्टै मनोनयन दर्ता गराएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .