भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा एकजना मतदाता अक्सिजनको सपोर्टमै मत हाल्न आएकी हुन्।
भक्तपुरको बालकोटनिवासी ७० वर्षीया पुनारा कार्कीलाई उनको परिवार अक्सिजनको सपोर्टसहित मतदानका लागि ल्याएका हुन्।
उनी अक्सिजन सिलिन्डरको सपोर्टमा आएर मत हालेर फर्किएकी हुन्। यही केन्द्रबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मतदान गरेका छन्।
279
Shares
प्रतिक्रिया