राजनीति


प्रधानन्यायाधीश शर्मालाई बिदाइ गर्न विमानस्थल पुगिन् न्यायाधीश मल्ल

प्रधानन्यायाधीश शर्मालाई बिदाइ गर्न विमानस्थल पुगिन् न्यायाधीश मल्ल

नेपालखबर
साउन ७, २०८३ बिहिबार १८:१८, काठमाडौँ

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई बिदाइ गर्न वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल विमानस्थल पुगेकी छन्। 

बिहीबार प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान गरेका छन्। उनलाई न्यायाधीश मल्लले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेकी छन्।

यसअघि प्रधानन्यायाधीश नियुक्त भएपछि मल्ल बिदामा बसेकी थिइन्। उनी प्रधानन्यायाधीश शर्मालाई स्वागत गर्न सर्वोच्च अदालत पुगेकी थिइनन्।  

गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेसँगै शर्मा र मल्लको सम्बन्धी चिसिएको थियो। पहिलो वरियतामा न्यायाधीश मल्ल थिइन्। त्यतिबेला उनैले कायममुकायम प्रधानन्यायाधीशको समेत जिम्मेवारी सम्हालेकी थिइन्। 

तर शर्मा प्रधानन्यायाधीश बनेर फर्किएपछि मल्लले त्यसैदिनबाट २० दिन लामो बिदामा बसेकी थिइन्। मल्ल बिदाबाट फर्किएपछि पनि शर्मासँग एउटै इजलासमा समेत बसेका छैनन्। 

शर्माको सिफारिसविरुद्ध परेका रिट दर्ता गर्न समेत मल्लले आदेश दिएकी थिइन्। तर शर्माको दबाबमा सर्वोच्च प्रशासनले तत्कालीन कायममुकायम प्रधानन्यायाधीशको आदेशपछि पनि दर्ता गर्न अटेर गरेको थियो।

मल्लसहित वरिष्ठ न्यायाधीशहरूसँग खटपटकै कारण प्रधानन्यायाधीश शर्माले संवैधानिक इजलाससमेत आफै न्यायाधीश छानेर गठन गरेका थिए। उनले वरिष्ठतम् तीनै जना न्यायाधीशलाई नराखि कर्मचारी संगठन खारेजविरुद्धको रिटको सुनुवाइ गरेका थिए। उक्त रिटमा शर्मासहित बहुमतबाट अन्तरिम आदेश खारेजको आदेश भएको छ। 

पछिल्लो समय भने संवैधानिक इजलास नियमित बसेको छैन। संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार बस्दै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad