कलाकार दीपाश्री निरौला अस्पतालबाट डिस्चार्ज भएकी छन्।
अन्नपूर्ण न्यूरो अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गरेकी निरौला १८ दिनपछि बिहीबार डिस्चार्ज भएकी हुन्।
दीपा अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई उदृत गर्दै कलाकार दीपकराज गिरीले भनेका छन्, ‘महाभारत युद्ध पनि १८ दिन नै भएको थियो रे! मेरो जीवनमा अप्रत्यासित ढंगले आएको रोगसँगको संघर्ष पनि १८ दिन नै चल्यो।’
उनले सम्पूर्ण शुभेच्छुकहरू तथा उपचारमा संग्लग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै ४० काटेपछि एकपल्ट मस्तिस्कको अवस्था परीक्षण गर्न सबैलाई अनुरोध गरेकी छन्।
२३ असारमा न्यूरोसर्जन वसन्त पन्तको नेतृत्वको चिकित्सकीय टोलीले दीपाश्रीको ब्रेन ट्युमरको शल्यक्रिया गरेको थियो।
दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर पूर्णरूपमा निकालिएको बताउँदै अस्पतालले शल्यक्रियापछि कुनै किसिमको समस्या नदेखिएको जनाएको थियो।
Shares

प्रतिक्रिया