चरित्र हत्या गरेको आरोपमा पक्राउ परेकी वेदिका केसीलाई एक दिन मात्रै हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
प्रहरीको साइबर ब्युरोले काठमाडौँको लाजिम्पाटबाट केसीलाई बिहीबार दिउँसो पक्राउ गरेको थियो।
म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएपछि न्यायाधीश उमानाथ गौतमको इजलासले एक दिन मात्रै थुनामा राख्न अनुमति दिएको हो।
केसीलाई पक्राउ गर्न ब्युरोले बुधबार अदालतबाटै अनुमति लिएको थियो। अब साइबर ब्युरोले शुक्रबारसम्ममा रिहा गर्नु पर्नेहुन्छ। रिहा नगरे पुनः म्याद थपका लागि शुक्रबार नै अदालतमा उपस्थित गराउनुपर्छ।
कथावाचिका राधिका दासीको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसुरमा ब्युरोले अनुसन्धान गरिरहेको छ।
393
Shares

प्रतिक्रिया