निर्वाचन विशेष


प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, ‘विद्रोह’ गरेका भण्डारी विजयी

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, ‘विद्रोह’ गरेका भण्डारी विजयी

फाइल फोटो


गोकुल जोशी
बैशाख ३१, २०७९ शनिबार १६:४५, कन्चनपुर

प्रधानमन्त्री शेरबहादुर देउवाको मतदाता नामावली भएको वडामा नेपाली कांग्रेस पराजित भएको छ।

देउवाको नामावली रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको हो। 

देउवाको वडासमेत रहेको वडा नम्बर १ रुवाखोलाको अध्यक्षमा कांग्रेसका पूर्व नेता कर्ण मल्ल नेतृत्वको कांग्रेस बीपीका नरेश भण्डारी विजयी भएका छन्। 

उनले ६७३ मत प्राप्त गर्दै कांग्रेस उम्मेदवारलाई पराजित गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाएका। 

उक्त वडामा कांग्रेस बीपीको प्यानल नै विजयी भएको हो।  

कांग्रेसबाट निष्कासित मल्ल समूहले बिपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर जिल्लामा देउवा नेतृत्वको काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।

डडेल्धुरामा बीपी कांग्रेसले नेकपा एमालेसँग तालमेल पनि गरेको छ। देउवालाई मल्लले चुनौती दिएपछि उनी निर्वाचनअघि डडेल्धुरा नै गएर बसेका थिए। 

क्रियाशील सदस्यता वितरणदेखि असन्तुष्ट कांग्रेस डडेल्धुराका पूर्व सभापति मल्लले स्थानीय तह चुनावमा कांग्रेसमा विद्रोह गर्दै एमालेसँग तालमेल गरेका छन्।

त्यसपछि कांग्रेसले केही दिनअगाडि मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad