निर्वाचन विशेष


भीम रावलको क्षेत्र रामारोशनमा एमाले पराजित, कांग्रेस र माओवादी विजयी

भीम रावलको क्षेत्र रामारोशनमा एमाले पराजित, कांग्रेस र माओवादी विजयी

गोकुल जोशी
जेठ २, २०७९ सोमबार १८:१६, महेन्द्रनगर

नेकपा एमालेका नेता भीम रावलको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने अछामको रामारोशन गाउँपालिकामा नेकपा एमाले पराजित भएको छ। 

अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर साउद ३ हजार १२७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पहमबहादुर साउदले २ हजार ८९७ मत प्राप्त गरे।

यस्तै एमाले पालिका अध्यक्षमा तेस्रो स्थानमा झरेको छ। एमालेका चक्र बहादुर रावलले २ हजार ७९५ मत प्राप्त गरे। 

रामारोशन गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच चुनाव तालमेल थियो। 

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सिर्जना देवी बुढा ३ हजार २८ मतसहित विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।  उनकी निकटतम प्रतिस्पर्धी एमालेकी बसन्ती धामीले २ हजार ७२८ मत प्राप्त गरिन्।

उपाध्यक्षमा भने कांग्रेस र समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका ताराप्रसाद खनाल पराजित भएका छन्। उनले २ हजार १६२ प्राप्त गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad