निर्वाचन विशेष


कांग्रेसको विजय जुलुसमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, वडाध्यक्षका भतिजा घाइते

कांग्रेसको विजय जुलुसमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, वडाध्यक्षका भतिजा घाइते

गोकुल जोशी
जेठ ५, २०७९ बिहिबार २२:५८, महेन्द्रनगर

कञ्चनपुरमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–५ तिनचारास्थित दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु र अर्का घाइते भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल दुर्घटनामा परेर भीमदत्त नगरपालिका–१० गज्जरका २८ वर्षीय वीरेन्द्र चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

गड्डाचौकीबाट सुकासालतर्फ आइरहेको चन्दले चलाएको म २ प ८०२४ नम्बरको मोटरसाइकल र भीमदत्त नगरपालिका–५ का ३५ वर्षीय प्रेमराज अवस्थीले चलाएको सुकासालदेखि गड्डाचौकीतर्फ गइरहेको म २ प २७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चन्दको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते भएका अवस्थी भीमदत्त नगरपालिका–५ का कांग्रेसबाट नवनिर्वाचित अध्यक्ष पदम अवस्थीका भतिजा हुन्। 

विजय जुलुसको पछाडि रहेका अवस्थीले चलाएको मोटरसाइकल र चन्दले चलाएको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका अवस्थीको टाउकोमा चोट लागेको छ। महाकाली अस्पतालमा उपचार हुन नसकेपछि उनलाई धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad