ad ad

निर्वाचन विशेष


इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता विजयी

इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता विजयी

सुमन पुरी
जेठ ८, २०७९ आइतबार ७:४८, विराटनगर

एमालेको विरासतका रुपमा रहेको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन्। प्रतिस्पर्धी एमालेका यामकुमार सुब्बा भन्दा ५०१८ मत बढी ल्याएर हेमकर्ण इटहरी उपमहानगरको मेयर बनेका हुन्। हेमकर्णले ३३०४९ मत पाउँदा एमालेका सुब्बाले २८०३१ मत ल्याए। मेयरकै प्रत्यासी रहेका राप्रपाका आकाश सुब्बाले ३९०८ मत पाए। 

उपमेयरमा भने एमालेकी संगीता चौधरी फराकिलो मतान्तरले  विजयी भएकी छन्। उनले एकीकृत समाजवादीका केशवकुमार विष्टभन्दा १४४०५ मतभन्दा बढी मत पाएकी छन्। कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका तर्फबाट उपमेयरमा उम्मेदवार विष्टले १८०३१ मत पाँउदा संगीताले ३२४३६ मत पाइन्।  यसैगरी राप्रपाबाट उपमेयरको प्रत्यासी रहेकी बिबिताकुमारी चौधरीले ४७१९ मत पाएकी छन्। 

४८, ५४ र ७४ सालका स्थानीय तहको निर्वाचनमा इटहरीमा एमालले जितेको थियो। कांग्रेसले भने बहुदलिय व्यवस्था आएपछि इटहरीमा प्रमुख र उपप्रमुख कुनै पद जित्न सकेको थिएन।  २० वटा वडा रहेको इटहरीमा एमालले १४ वटा वडामा वडाअध्यक्ष पद जितेको छ। कांग्रसले भने ५ वटा वडा मात्रै जितेको छ। एउटा वडामा भने एमालेबाट बागी उठेका उम्मेदवार वडाअध्यक्ष भएका छन्। 

इटहरीमा कांग्रेसले १,६,८१३ र २० नम्बर वडाको अध्यक्ष पद जितेको छ।  इटहरी १४ मा एमालेका बागी उम्मेदवार रमेश चौधरी विजयी भएका छन्। अरु वडामा एमालेले जित निकालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .