ad ad

निर्वाचन विशेष


सुनसरी, मोरङ र झापामा माओवादी कमजोर : ४४ मध्ये २६ पालिकामा ‘क्लिन स्वीप’

सुनसरी, मोरङ र झापामा माओवादी कमजोर : ४४ मध्ये २६ पालिकामा ‘क्लिन स्वीप’

फाइल फोटो


सुमन पुरी
जेठ १२, २०७९ बिहिबार १४:२०, विराटनगर

स्थानीय तहको निर्वाचनमा झापा मोरङ र सुनसरीमा माओवादी कमजोर भएको छ। 

तीन जिल्लाका ४४ पालिकामध्ये एउटा पनि पालिकामा माओवादीले प्रमुख पद जित्न सकेन। 

माओवादीले सुनसरीको धरान उप महानगरमा उप मेयर र मोरङको मिक्लाजुङ गाउँपालिकामा उपाध्यक्ष पद जितेको छ। 

दुवै पालिकामा माओवादीले कांग्रेस लगायतका दलसँग गठबन्धन गरेको थियो।  झापामा भने माओवादीले एउटा पनि प्रमुख तथा उप प्रमुख पद जित्न सकेन। 

झापा मोरङ सुनसरीमा रहेका ४१४ वडा मध्ये माओवादीले जम्मा २१ वडाको अध्यक्ष जितेको छ। 

माओवादीका आइन्द्र विक्रम बेघाले धरान उप महानगरको उप मेयर जित्दा २० हजार ५१० मत पाए। उनका प्रतिस्पर्धी एमालेका पदम इस्वोले १७ हजार ६०६ मत पाए।

माओवादीले धरानको वडा नम्बर १७ मा विजय हासिल गरेका छ। सूर्यबहादुर भट्टराईले विजय हासिल गरे। 

सुनसरीको कोसी गाँउपालिका वडा नम्बर ७ मा लालदेव माओवादीका तर्फबाट विजयी भए। 

सुनसरीमा धरान उपमहानगर र कोसी गाउँपालिकाबाहेक अन्यत्र कुनै पालिकामा माओवादीले जित हासिल गर्न सकेन। 

१२ वटा पालिका रहेको सुनसरीमा १० वटा पालिकामा माओवादी क्लिन स्वीप भएको छ। 

झापा मोरङ सुनसरीमा ४४ वटा पालिका रहेकोमा माओवादीले एउटा पनि प्रमुख जित्न सकेन। 

मोरङमा भने मिक्लाजुङ गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल विजयी भए। 

उनले ५६२६ मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका निर्मला राईले ५४५५ मत ल्याइन। 

मोरङमा १५९ वडा रहेका छन्। ती वडा मध्ये माओवादी १० वटा वडाको अध्यक्ष जितेको छ।  

मोरङको केराबारी वडा नम्बर ६ मा उपेन्द्र लुंगेली मगर,ग्रामथान ३ मा रमेश कुमरा भगत जहदा ७ मा सूर्यानन्द मण्डल धनपालथान १ मा खाँजा हुसेन मियाँ माओवादीका तर्पmबाट वडा अध्यक्षमा विजयी भएका छन्। 

यस्तै मोरङकै धनपालथान ३ मा नागेश्वर मण्डल,धनपालथान ५ मा गयानन्द सरदार र धनपाल थान ७ मा सन्तोष कुमार यादब विजयी भएका छन्। 

माओवादीका तर्फबाट बुढीगंगा ५मा देवेन्द्रप्रसाद दाहाल, मिक्लाजुङ ५ मा मेधनाथ तामाङ ८ मा पूर्णबहादुर कुवँर माओवादीका तर्फबाट विजयी भएका छन्। 

मोरङका आठवटा स्थानीय तहमा माओवादी केन्द्र ‘क्लिन स्वीप’ भएको छ। 

स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम अनुसार विराटनगर महानगरपालिकासहित आठ वटा स्थानीय तहमा माओवादी केन्द्रका एकजना पनि जनप्रतिनिधि निर्वाचित हुन सकेनन्।

विराटनगरसहित उर्लाबारी नगरपालिका, कटहरी गाउँपालिका, कानेपोखरी गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, रंगेली नगरपालिका, लेटाङ नगरपालिका र सुन्दरहरैंचा नगरपालिकामा माओवादी केन्द्र बढारिएको हो। 

यी पालिकाहरुमा माओवादीले बैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडा सदस्यसमेत जित्न सकेन।

ग्रामथान र जहदा गाउँपालिका तथा बेलबारी नगरपालिकामा भने माओवादी केन्द्रबाट चुनाव लडेकाहरू मध्येबाट एक–एक जना निर्वाचित भएका छन्।

ग्रामथान–३ र जहदा–६ मा एक–एक वडाध्यक्ष र बेलबारी–७ मा एक वडा सदस्य माओवादीले जितेको हो।

झापामा भने माओवादी ७ वडा वडाअध्यक्ष जितेको छ। १५ वटा पालिका रहेको झापामा माओवादीले कमल ५ मा लालबहादुर विष्ट, गौरादह ८ मा गणेशकुमार राजवंशी, गौरीगन्ज २ मा किनालाल राजवंशी भद्रपुर ४ मा हंशधर राजवंशीले माओवादी केन्द्रका तर्फबाट वडाअध्यक्ष जितेका छन्। 

झापाको मेचीनगर १४ मा बावुलाल सुब्बा, शिवसताक्षी २ मा भीमबहादुर नेम्वाङ र हल्दीबारी २ मा शुकलाल राजवंशीले माओवादीको तर्फबाट वडाअध्यक्ष जितेका छन्। 

माओवादीले ८ वटा पालिकामा एक जना पनि सदस्य जित्न सकेको छैन।  माओवादीले कचनकवल, दमक,झापा, बाह्रदशी,विर्तामोड,बुद्धशान्ति,अर्जुनधारा र कन्काईमा एउटा पनि जनप्रतिनिधि जित्न सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .