उच्च अदालत, पाटनको आदेशपछि नेपाल उद्योग वाणिज्य महासंघको चुनाव स्थगित भएको छ।
बिहीबार महासंघको निर्वाचन समितिले सूचना प्रकाशित गरी चुनाव स्थगित भएको जनाएको छ। निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेल, निर्वाचन अधिकृतद्वय चन्द्रमणि निरौला र सुमनकुमार केसीले जारी गरेको सूचनामा अदालतको आदेशको सम्मान गर्दै चुनाव स्थगित गरिएको जनाइएको छ।
निर्वाचन समितिले भनेको छ, ‘अदालतको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसमम्मका लागि मिति २०८२/१२/१२ मा प्रकाशित गरेको निर्वाचन कार्यक्रम तालिका बमोजिमका निर्वाचनका कार्यक्रमहरू स्थगित गरिएको बेहोरो जानकारी गराइन्छ।’
महासंघको निर्वाचन चैत २९ र ३० गतेका लागि तय गरिएको थियो। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलगायतले साधारणसभा र निर्वाचन रोक्न चैत २२ मा दिएको रिट निवेदनमा उच्च अदालत, पाटनले आदेश दिएको थियो।

Shares

प्रतिक्रिया