बलिउड अभिनेता अक्षय कुमारका साथ पूर्वमिस वर्ल्ड मानुषी छिल्लर अभिनित ‘पृथ्वीराज’ फिल्मको टिजर सार्वजनिक भएको छ।
यश राज फिल्म्सको ब्यानरमा बनेको उक्त चलचित्रको टिजर सोमबार रिलिज गरिएको हो। चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेको यही फिल्मबाट मानुषीले बलिउडमा डेब्यु गरेकी हुन्।
फिल्ममा अक्षय कुमार, मानुषी छिल्लर, सञ्जय दत्त र सोनु सुदको प्रमुख भूमिका छ। यसमा अक्षय ‘हाउसफुल ४’ का राजकुमार बालाको जस्तै भूमिकामा देखिएका छन्।
‘पृथ्वीराज’ २०२२ जनवरी २१ फिल्म हलमा प्रदर्शन गरिने एनडीटीभीले जनाएको छ।
केही हप्ताअघि मात्रै अक्षय कुमारको ‘सूर्यवंशी’ रिलिज भएको थियो। अहिलेसम्म यसले भारु डेढ सय करोडभन्दा बढी आम्दानी गरिसकेको छ।
हेर्नुहोस् ‘पृथ्वीराज’को टिजर :
291
Shares
प्रतिक्रिया