कला


१४ तलाबाट खस्दा चर्चित जापानी नायिकाको निधन, लडेको कि आत्महत्या?

१४ तलाबाट खस्दा चर्चित जापानी नायिकाको निधन, लडेको कि आत्महत्या?

जापानी अभिनेत्री एवम् संगीतकर्मी कान्डा सायका, होटलको १४औं तलाबाट खस्दा निधन भएको छ। तस्बिर : अन्तर्राष्ट्रिय सञ्चारमाध्यम।


नेपालखबर
पुस ५, २०७८ सोमबार १६:२७, काठमाडौँ

जापानमा अग्लाे होटलबाट खस्दा चर्चित अभिनेत्री एवम् संगीतकर्मी कान्डा सायकाको निधन भएको छ।

शनिबार साँझ साप्पोरो होक्काइदोस्थित एक होटलबाट खसेर ३५ वर्षीया कान्डाको मृत्यु भएको हो। उनको कार्यालयले आइतबार दिएको जानकारीअनुसार २२ तले होटलको १४औं तलामा बसेकी उनी चिप्लिएर लडेकी हुन्। 

गम्भीर घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा उनको निधन भएको खबर क्योडो न्युजले लेखेको छ। तर नायिका कान्डा लडेकै हो वा उनले आत्महत्या गरेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ। 

क्योडो न्युजका अनुसार कान्डा ७० वर्षीय जापानी अभिनेता मासाकी कान्डाकी छोरी हुन्। अभिनेत्री कान्डाले चर्चित डिज्नि एनिमेटेड फिल्म ‘फ्रोजन’ मा एन्ना पात्रका रूपमा आवाज दिएकी थिइन्। २० वर्षकै उमेरदेखि अभिनय र गायन थालेकी उनले  ‘ग्यालेक्सी एक्सप्रेस ९९९’मा अभिनय गर्ने योजना बनाएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad