कोरोना कालमा थुप्रै स्टार कलाकारको बाटो मोडियो। ठूलो पर्दामा रमाइरहेका कलाकार म्यूजिक भिडियोमा समेटिए। लोक गीत भनेर हेप्ने कलाकारले दैनिकी चलाउनका लागि लोक गीतका टुक्कामा कम्मर मर्काए।
निक्कै कम चलचित्र निर्माण भए। निर्माण भएका चलचित्रमा पनि केही स्टार कलाकारले मात्रै अवसर पाए। सामान्य चर्चामा रहेका कलाकार छायाँमा परे। यसैगरी फिल्मबाट म्यूजिक भिडिओमा समेटिएकी कलाकार हुन नम्रता श्रेष्ठ।
नम्रता चलेका फिल्ममा अभिनय गरेर पनि सोचेजति चल्न नसकेकी कलाकार हुन्। छक्का पञ्जा जस्तो हिट फिल्ममा काम गरेकी नम्रताको खासै चर्चा भएन। तर, नपाएको चर्चाले नम्रतालाई दुख्न छाडेको छ।
भन्छिन्, ‘जीवनको खुशी सफलता र असफलतामा मात्रै मापन हुँदैन। मैले जति पनि नपाउने थुप्रै छन् उद्योगमा।’
नम्रताले उनको जीवनमा केही चलचित्र छोडिन्। उनलाई अफर आएका र छोडेका केही चलचित्र सुपरसहिट भए। फर्किएर हेर्दा त्यस्ता चलचित्र छोडेकोमा भने नम्रतालाई पछुतो लाग्दो रहेछ।
यो पश्चतापले नम्रतालाई पाठ सिकाएको पनि छ।
भन्छिन्, ‘जीवनमा काम ठूलो र सानो भनेर छुट्याउन नहुने रहेछ।’
अझ लकडाउनको समयमा नम्रताले कसैले सानै कामका लागि अफर गरिदिए पनि हुन्थ्यो भन्ने महसुस भैरह्यो। यहि महसुसले नम्रतालाई धेरै पाठ सिकाएको छ।
Shares

प्रतिक्रिया