काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) चुनावअघि एक गायन रियालिटी शोको निर्णायकको भूमिकामा थिए।
उनी र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकको कुर्सीमा थिए।
उनी महानगरको मेयर बन्ने चुनावी दौडमा रहेका बेला केही समय उनको उक्त कुर्सी खाली रह्यो। मेयर बनेसँगै बालेन नेपहपको उक्त कुर्सीमा फर्किएका छन्।
शो का निर्देशक निकेश खड्काले बालेन अब निर्णायकका रुपमा उक्त कुर्सीमा निरन्तर रहने बताएका छन्।
मेयर बनेसँगै व्यस्त रहेका बालेनले समय निकालेर ‘नेपहपको श्रीपेच’को जजको भूमिका निर्वाह गर्न सुटिङ सेटमा पुग्ने बताएका छन्।
शो आयोजकले पनि बालेनको समय हेरेर सुटिङ गर्ने गरेको छ। यो शो मा बालेनका साथमा मानस घले र गिरीश खतिवडा जजको कुर्सीमा छन्। शो को ग्रान्ड फिनाले असार २४ मा हुने छ।
Shares

प्रतिक्रिया