डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार’को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ। उपाधि सँगै यो जोडीले १५ लाख नगद पुरस्कार हात पारेको छ।
‘डान्सिङ स्टार’मा प्रीति आले र शेखर घर्तीमगरको जोडी फस्ट रनरअप भयो। यो जोडीले नगद २ लाख नगद पुरस्कार हात पार्यो। परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो।
‘डान्सिङ स्टार’का सबै विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले पुरस्कार र ट्रफी प्रदान गरे।
गत जेठबाट सुरु भएको ‘डान्सिङ स्टार’मा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए। ‘शो’को निर्णायकमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा बान्तवा राई रहेका थिए।
‘डान्सिङ स्टार’लाई लक्ष्मण पाैडेलले निर्देशन गरेका हुन्।
234
Shares

प्रतिक्रिया